सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपाने सिआइबीद्वारा पक्राउ, सेन्चुरीको ऋण प्रवाह दुरुपयोग गरेको आरोप

काठमाडौं। ऋण प्रवाह दुरुपयोग गरेको आरोपमा सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन्।

न्यौपाने हाल प्रभु बैंकका सिनियर डेपुटी सीईओ हुन्। उनले सोही सीईओको पद दुरुपयोग गर्दै मनोमानी ढंगले ऋण प्रवाह गरेका थिए ।

सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो। प्रभुले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डीसिईओ बनाएको हो ।

यस्तै पक्राउ पर्नेहरूमा तुलसीराम गौतम, सबिन घिमिरे, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनिल बस्नेत, मनोज न्यौपाने, दिलीप बराल, दिपेश प्रधान, राजेश भन्डारी रमन श्रेष्ठ छन्। राजेश भण्डारी तत्कालीन लोन प्रमुख हुन्।

गत पुसमा प्रभुले सेन्चुरीलाई १ः१ को स्वाप अनुपात प्राप्ति गरेको हो ।

सेन्चुरी बैंक रहँदा भएको घटनामा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले जनाएको छ ।

११ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा १० जना पक्राउ परेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *