किसानहरूको दूधको भुक्तानी तुरुन्तै दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । दूग्ध विकास संस्थानले दूध खरिद गरेवापत् किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरुन्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरुन्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन दिए ।

प्रधानमन्त्रीले भने, ‘किसानहरूले महिनौँसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस्। निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस्।’

Comments

One response to “किसानहरूको दूधको भुक्तानी तुरुन्तै दिन प्रधानमन्त्रीको निर्देशन”

  1. ksp pyl Avatar
    ksp pyl

    भन्दिन र समिति गठन गर्न त ठगबन्धनले रेकर्ड नै तोडिसक्यो । मैले त दिन खोजेको अरूले गर्दा अड्किएको भनेर दुनियालाई नौटंकी देखाउन भन्दिएर हुन्छ ? जिम्मेवारी नै उनैको हो प्रधानमन्त्रीय पद्वतिमा । किन भुक्तानी भएन, स्रोत के हो बुझेर बोल्नु । गैरजिम्मेवारलाई जे भने पनि भयो । काम गर्ने हो क्या । नौटंकी गर्ने होईन । किसानलाई भुक्तानी नदिने, भएको दूध फाल्न बाध्य पार्ने अनि दूध आयात गर्न खुल्ला गरिदिने । यस्ता नौटंकी निर्देशन पत्याउँछ कस्ले ? कुषि मन्त्री भुसालले त जिन्दगीभर कम्युनिष्ट भजेर गर्न चाहिँ दलाली गर्दैछन् । सटर भाडामा खाने, दूध आयात गर्न दिएर खाने । यस्ता नौटंकीलाई त जेल हाल्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *