‘बिग सिजी डे’मा नबिल, माछापुच्छ्रे र एनएमबी बैंकद्वारा क्यास ब्याक अफर

काठमाडौं । बिग सीजी डे मा एनएमबी, नबिल र माछापुच्छ्रे बैंकका ग्राहकहरुले १० देखि २५ प्रतिशत सम्म छुट पाउने भएका छन् ।

फाल्गुन १२ गतेदेखि फाल्गुन २१ गतेसम्म चल्ने बिग सीजी डे मा नबिल, माछापुच्छ्रे र एनएमबी बैंकले १० देखि २५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो ।

बिग सीजी डेमा नबिल बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत २० प्रतिशत छुट वा अधिकतम दुई हजार रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत २५ प्रतिशत छुट वा अधिकतम दुइ हजार पाँच सय रुपैयाँसम्म छुट पाउनेछन् ।

कम्पनीका अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले बिग सीजी डेमा डेबिट कार्डमार्फत २४ प्रतिशत छुट वा अधिकतम सात सय चौबिस रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत २४ प्रतिशत छुट वा अधिकतम एक हजार चौबिस रुपैयाँसम्म छुटपाउन सक्नेछन् ।

त्यस्तैगरी एनएमबी बैंकका ग्राहकहरूले कार्डमार्फत १० प्रतिशत छुट वा अधिकतम पाँच रुपैयाँसम्म क्यास ब्याक छुटपाउन सक्नेछन् ।

‘बिग सीजी डे’को मुख्य हाइलाइटहरु ८०० भन्दा बढी सामानमा ३६ प्रतिशतसम्मको छुट, थप १० प्रतिशतसम्मको मेगा भौचर, २४ हजारसम्म क्यास ब्याक, डेल्ली गिभ९अवेको रूपमा १० दिनसम्म हरेक दिन एक जना लक्की विजेताले आफूले किनेको सामान बराबरको अर्को सामान निस्शुल्क किन्न पाउने, ४१४१ सम्म सीजी प्वाइन्ट प्राप्त गर्ने मौका रहेको छ ।

‘बिग सीजी डे’मा सीजी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स, सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटी, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्स्योरेन्सका विभिन्न उत्पादन तथा सेवा सुविधामा विभिन्न अफर राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *