जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट क्षतिग्रस्त स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले गत कात्तिक १७ गतेको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो, त्यस भूकम्पबाट क्षतिग्रस्त गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ ।’

उनका अनुसार मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललाई इन्टरनेशनल मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

Comments

One response to “जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट क्षतिग्रस्त स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा”

  1. Nagendra Avatar
    Nagendra

    कत्ति निर्लज्ज कुरा, कत्ति नालायकी परिद्रिस्य !!
    १. ‘हिजो एक द्वार प्रणाली’ लागु भएको भनेर जे जत्ति सहयोग आउछ सबै सरकारी नियन्त्रणमा राख्यो, कसैले स्व स्फुर्त सहयोग गर्न चाह्यो वा गर्यो भने लखेट्ने, पिट्ने र जेल सम्म पुर्याउने काम गर्यो, सहयोग जफत गर्यो !!
    २, वास्तवमा, सरकारको नेतृत्व गर्ने माओबादि (प्रचण्डपथ) ले सबै श्रोत साधन हातमा लिएर माओबादिको इलाका भन्दै माओबादिले मात्र जान पाउने र अरुलाई निषेध गर्ने गर्यो !! त्येशैको परिणाम आज त्यो क्ष्येत्र माथि उठ्न सकेन, कुनै संरचना बन्न पाएनन !!
    ३. त्यो संकट माओबादि (प्रचण्डपथ) को कमाउने अवसर बन्यो, आफ्ना अर्को छुट्याउन्दै चारो बाड्ने, एउटा ठाउमा पठाएको सामग्री अन्तै कतै आफ्नु इलाकामा, हैट !!! : कत्ति पिडित मात्र न्यानु लुगा नपाएर मरे, कत्ति भोक भोकै छन् : निर्माणको कुरा त परको भयो !! बिचरा पिडितहरु !!!
    ४. यस्तो नालायकी रुप छोपेर छोपिएन, उदाङ्गो भयो, देखियो, प्रस्ट संग यसरी !! नत्र ३ जिल्लाको पुन निर्माण र ब्येवास्था गर्न नसक्ने भएको हो देशको सरकार ?? अनि अहिले आएर हो यस्तो भन्ने ?? सुसाशन ?? न्याय अनि प्रगति ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *