काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत टेरामक्स घोटाला प्रकरणमा सञ्चारकर्मीहरूसँग झोक्किएका छन्।
प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘पुंग न, पुच्छार’को कुरा लिएर हिँडेको टिप्पणी गरे।
उनले उजुरी दर्ता हुँदैमा दोषी भन्न नमिल्ने उनको तर्क छ। एमालेले मन्त्री बस्नेतसहित तीन मन्त्रीको राजीनामा माग्दै संसद् अवरोध गर्दै आइरहेका छन्।
टेरामक्स प्रकरणमा अख्यितारमा बयान दिएर आएका मन्त्री नैतिकताले पदमा बस्न नमिल्ने एमालेको अडान छ।
तर, त्यसबारे प्रश्न गर्दा मन्त्री बस्नेतले तपाईँ कहाँको पत्रकार भन्दै कड्किएका छन्।
संसद् भवन परिसरमा झोक्किँदै उनले भने, सुन्नुस्, यो देशमा कानून छ। ऐन छ कसैले कसैलाई उजुरी गर्यो भन्दैमा, रिस उठेर उजुरी गर्यो भन्दैमा प्रमाण केही पनि नभइकन के हुन्छ ? त्यहाँ नैतिकता। तपाईँले सिकाउनुपर्छ।
तपाईँलाई यति पनि थाहा रैन्छ तपाईँ कहाँको पत्रकार भन्दै उनले प्रतिप्रश्न गर्छन्।

Leave a Reply