रक्षामन्त्री खड्का र अमेरिकी इण्डो प्यासिफिक कमाण्डरबीच भेट

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र अमेरिकाको इण्डो प्यासिफिक कमान्डका कमान्डर एचइ एड्मिरल जोन सी आक्विलिनोको भेट भएको छ ।

आइतबार रक्षा मन्त्रालयमा भएको भेटमा रक्षामन्त्री खड्कासहित रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाली सेना तथा अमेरिकी दूतावासका अधिकारीहरूको सहभागिता रहेको थियो ।

रक्षामन्त्रीको सचिवालयले सार्वजनिक गरेको सूचना अनुसार खड्का र कमाण्डर अक्विलिनोको भेटमा मन्त्री खड्काले नेपाललाई अमेरिकाले दिएको सहयोगको लागि धन्यवाद दिँदै नेपाल संयुक्त राष्ट्रसंघको शान्ति सेना पठाउने देशमा पहिलो भएको तथा महिला शान्ति सैनिक पठाउनेमा पनि अग्रणी भएको बताएका थिए ।

यस्तै खड्काले शान्ति मिसनमा नेपाललाई थप नेतृत्वदायी बनाउन अमेरिकी सहयोगको अपेक्षा गरेको समेत बताएका थिए ।

कमाण्डर अक्विलिनोले नेपाल र अमेरिकाको सम्बन्ध र सहकार्य निरन्तर भएको भन्दै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको स्तरोन्नतिका कामहरूमा अमेरिका सकारात्मक भएको बताएका थिए । साथै उनले नेपालले महिला शान्ति सेना पठाउने काममा विश्व मञ्चमा राम्रो उदाहरण पेश गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *