अमेरिका र क्यानडामा बिक्री भयो नीताको ‘ह्रस्व दीर्घ’

काठमाडौं । अभिनेत्री नीता ढुँगानाको निर्माण रहेको ‘ह्रस्व दीर्घ’ सिनेमाको अमेरिका तथा क्यानडा प्रदर्शन अधिकार बिक्री भएको छ।

नेपाली तथा तेलेगु भाषाना रिलिज हुने यो सिनेमाको प्रदर्शन अधिकार रमेश भट्टको एभ्रेष्ट इन्टरटेनमेन्ट तथा अभिजित राई इ(पिक इन्टरटेन्मेन्टले संयुक्त रुपमा लिएका हुन्।

चन्द्र पन्त निर्देशित सिनेमा आफ्नो बलियो नेपाली तथा चर्चित भारतीय कलाकारहरुको लाइनअपका कारण चर्चामा रहेको छ।

सिनेमामा ब्रम्हानन्दम, अलि तथा ‘गजनी’ सिनेमाका खलनायक विजय रावतको समेत अभिनय रहेको छ ।

हरिहर अधिकारीले लेखेको सिनेमामा हरिहर तथा नीताका अलावा विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईँटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ ।

तीन सेड्यूलमा छायाँकन हुने सिनेमाको पहिलो र दोस्रो सेड्यूलको छायांकन सकिएको छ भने तेस्रो सेड्यूलको (१० दिन)छायांकन भारतमा हुँदैछ ।

बिग बजेटमा तयार हुँदै गरेको सिनेमालाई लिएर नीता उत्साहित रहँदै आएकी छिन्।

सिनेमाले सफलता पाउने अनुमान सिने नगरिमा गरिदैं आइएको छ। सिनेमा आगामी वर्षको दशैंको पूर्वसन्ध्यमा असोज ११ गते रिलिज हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *