नेदरल्यान्ड्सले गुमायो दोस्रो विकेट, ललितले दिलाए सफलता 

काठमाडौं। आईसिसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेपालविरुद्ध एक सय ७३ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सले दोस्रो विकेट गुमाएको छ।

नेदरल्यान्ड्सले ७१ रनमा दोस्रो विकेट गुमाएको हो। ललित नारायण राजवंशीले ओपनर म्याक्स ओदोदलाई आउट गरे। ओदोदले रन जोडे।

डच टोलीले ६१ रनमा पहिलो विकेट गुमाएको थियो।

माइकल लेविट ३९ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरीको बलमा पवेलियन फर्किएका लेविटले ३४ बलमा ४ छक्का र तीन चौका प्रहार गरे।

नेदरल्यान्ड्सले १४ ओभरमा २ विकेट गुमाएर ७६ रन जोडेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *