एक छक्का हानेर बोल्ड भए अनिल शाह

काठमाडौं। आईसिसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ११ ओभरमा २ विकेट गुमाएर ५० रन जोडेको छ।

नेपालले ५० रन जोडेको अवस्थामा अनिल शाह व्यक्तिगत ७ रनमा आउट भए। उनलाई भिभियान किङ्माले बोल्ड गरेका थिए। अनिलले ११ बलमा एक छक्का प्रहार गरेका थिए।

नेपालले ४२ रनमा पहिलो विकेट गुमाएको थियो। आसिफ शेख व्यक्तिगत १७ रनमा क्याच आउट भए। कुशल भुर्तेल २४ रनमा खेल्दैछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *