सुर्खेतमा तरुण दलका नेता गिरीमाथि गोली प्रहार

सुर्खेत । सुर्खेतमा तरुण दलका जिल्ला सदस्य विनोद गिरीमाथि गोली प्रहार भएको छ । शनिवार बेलुका ९ बजे वीरेन्द्रनगरका कालागाउ देउती थान नजिकै सदस्य  गिरीमाथि गोली प्रहार भएको हाे ।

तर, उक्त गोली सदस्य गिरीलाई नलागेर उनी चढेको गाडीमा लागेको तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले जानकारी दिए । अध्यक्ष  विष्टले याेजना अनुरूप गोली हान्न खोजिएको बताएका छन् ।

अध्यक्ष विष्टले  सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलद्वारा परिचालित गण्डाहरू रहेको आरोप लगाएका छन् । उनका अनुसार गाडीको सिसामा गोली लागेको बताएका छन् ।

उनले भने, ‘ फागुन १४ गतेदेखि २२ गतेसम्म वीरेन्द्रनगरमा लाग्ने महोत्सवको विषयलाई लिएर सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले नेपालगन्जदेखि गण्डा बोलाएर सदस्य गिरीलाई गोली प्रहार गर्न लगाउनु भएको हाे ।’

यता, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष कँडेलले आफ्नो कुनै संलग्नता नरहेको नेपाल प्रेसलाई जानकारी दिए । उनले भने,` मान्छे समातिएको छ रे, मैले भन्दा पनि भोलि अनुसन्धानबाट बाकी कुरा खुल्नेछ ।  विष्टले अत्यन्तै निराधार आरोप लगाएका छन ।

प्रहरीले एक मोटरसाइकल, एक थान पेस्तोल र शङ्कास्पद  दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *