पोखरा । दुई बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखालाई एक पुरुषलाई पक्राउ गरेको छ ।
७ वर्षीया र ९ वर्षीया बालिकालाई बलत्कारको प्रयास गरेको आरोपमा गोरखा नगरपालिका १४, सलाङगिरीका ५७ वर्षीय दलबहादुर विश्वकर्मालाई पक्राउ गरिएको गोरखा प्रहरीले प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।
दुई बालिकालाई फकाई फुलाई झरौटे धारा वनमा लगि जबरजस्ती करणी उद्योग गरेको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । जबरजस्ती करणी उद्योग कसूर जिल्ला अदालत गोरखाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply