बरालले सम्हाले उपकुलपतिको पदभार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । शुक्रबार कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

उनलाई कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार उपकुलपतिमा नियुक्त गरेका थिए ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले उनलाई बधाईका साथै सफल कार्यकालको कामना गरेका छन् । उपकुलपति बरालले प्रधानमन्त्रीलाई त्रिभुवन विश्वविद्यालय र यसमार्फत नेपालको उच्च शिक्षालाई सुधार गर्न आफूले प्राप्त जिम्मेवारीलाई पूरा गर्ने र कुलपतिको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा योगदान गर्ने प्रतिवद्धता जनाए ।

शैक्षिक क्यालेन्डर लागू गर्ने, शैक्षिक कार्यक्रमलाई ट्रयाकमा ल्याउने, पाठ्यक्रम परिमार्जन गर्ने, स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न सरोकारवालालाई विश्वासमा लिई काम गर्ने, उच्च शिक्षाको गुणस्तर निर्माण गर्दै वञ्चीतीकरणमा परेका तल्लो वर्गलाई शिक्षामा अवसर प्रदान गर्ने तथा शैक्षिक मर्यादा र अनुशासनमा सम्झौता नगर्ने आफ्नो अठोट रहेको प्रधानमन्त्रीसामु बताएकाे सचिवालयले जनाएको छ ।

Comments

One response to “बरालले सम्हाले उपकुलपतिको पदभार”

  1. Shiva Shrestha Avatar
    Shiva Shrestha

    पद ग्रहण गर्न शैक्षिक योग्येता पुग्छ कि पुग्दैन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *