सदन खुलाउने बैठक- ज्ञानेन्द्र शाहीले माफी मागे, सापकोटा बोलेको जिम्मा माओवादीले नलिने

काठमाडौं । आज प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सभामुख देवराज घिमिरेको आलोचना गरेको विषयमा माओवादी र राप्रपाले गल्ती स्वीकारेको छ । सत्ता र प्रमुख प्रतिपक्षी दलका सांसदबीच आरोप-प्रत्यारोपपछि सदनको अवरोध हटाउन सभामुख, प्रमुख सचेतक, सचेतक र दलका नेताहरूसहितको बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डे र राप्रपाका प्रमुख सचेतकले ‘रियलाइज’ गरेको सहभागी एक नेताले बताए ।

सदनमा शाहीले बालकुमारी घटनामा दुई युवालाई हत्या गर्नेलाई किन पक्राउ नगरेको भन्दै आफूहरूले जवाफ माग्दै जाने सभामुखले टाउकोमात्रै हल्लाउने भनेर गरेको विषयमा गल्ती बोलेको भन्दै माफी मागेका छन् ।

उनले भनेका थिए, ‘सरकारले जवाफ दिँदैन भने संसद् चल्दैन । संसद् भनेको रत्नपार्क होइन, यहाँ उठाएको आवाज जनताले दिनुपर्छ । यदि सरकारले जवाफ दिँदैन भने संसदको महत्त्व के हुन्छ ? हामीले जवाफ माग गर्दै जाने, सभामुखले टाउको हल्लाउने, मन्त्री, प्रधानमन्त्री, सरकारले जवाफ नदिने हो भने यो संसद् किन चलाउनुपर्‍यो ?’, शाहीले भनेका थिए ।

यता माओवादी सांसद माधव सापकोटाले पनि सभामुख घिमिरेलाई ईँगित गर्दै गरेको आलोचना पार्टीको नरहेको र गम्भीररूपमा लिएको भन्दै आन्तरिक छलफल गर्ने बताएका छन् ।

सांसद शाही बोलेपछि बोल्नेक्रममा सापकोटाले सभामुखले आफूलाई दिइएको समय छोटो भएको भन्दै आपत्ति जनाएका थिए ।

‘सम्माननीय ज्यूलाई कतिञ्जेल यो संक्षिप्त भनेको कति समय हो । मलाई मन लागुञ्जेल या सभामुखको तजबिजमा या तपाईँलाई आनन्द आएको कुरामा मात्र बोल्न पाउने हो । मलाई थाहा छ सम्माननीय सभामुखलाई प्रश्न सोध्न पाइँदैन’, उनको टिप्पणी थियो ।

‘सभामुखलाई त्यो रोष्ट्रममा बस्दा तपाईँका कानमा राम्रा स्वर गुञ्जियनन् भने बीच्चैमा रोक्न पाइँदैन’ भन्दै सापकोटाले संसदको नियमावलीको कुरा गरेका थिए ।

उक्त बैठकमा सहमतिसँगै स्थगित बैठक अहिले सुरू भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *