जनयुद्ध दिवसलाई अदालतले रोकेको छ, तर हामीले मनायौंः प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाको बाँकी काम टुंगिएपछि जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा फेरि मनाउन पाउने विश्वास व्यक्त गरेका छन् । २३ औं मजदुर बलिदानी दिवस तथा पुस्तक विमोचन कार्यक्रममा बोल्दै आफूले बिदा घोषणा गरेपनि अदालतले रोकेको बताए ।

उनले भने, ‘राज्यले शहीदहरूलाई राष्ट्रिय सम्मान दिएर जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा पनि मैले गरेको थिएँ गतसाल । सरकारकै क्यालेण्डरमा जनयुद्ध दिवस बिदा भनेर लेखिएको छ । तर, अदालतले शान्ति प्रक्रिया पूरै नटुंगिएको हुँदा यो दिवस मनाउदाखेरी.. भनेर रोकेको छ । हामीले त्यो भनाइलाई केही कमेन्ट गरेको छैन । म त झन् प्रधानमन्त्री भएकाले त्यसमा कमेन्ट गर्न पनि अप्ठ्यारो हुन्छ । तर, हामीले त मनायौं । सरकारको तर्फबाट एकपटक निर्णय भइसकेको छ ।’

उनले संक्रमणकालीन न्यायसम्बन्धी बाँकी कामलाई चाँडै टुंग्याउनेगरी काम भइरहेको बताए ।

Comments

One response to “जनयुद्ध दिवसलाई अदालतले रोकेको छ, तर हामीले मनायौंः प्रधानमन्त्री प्रचण्ड (भिडिओ)”

  1. Laleek Avatar
    Laleek

    त्यसो भए, आफूले बिदा घोषित गरेकोमा नभएपछि नैतिकताको आधारमा कार्यकर्ता समक्ष राजिनामा दिनुपर्छ कि, जयहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *