दूध किसानलाई सांसद विकासको कोषको रकमबाट भुक्तानी दिन माग (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपककुमार सिंहले दूध किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विकास कोषको रकम भएपनि किसानलाई भुक्तानी गर्न माग गरेका हुन् ।

उनले भने, यदि सरकारसँग पैसा छैन भने माननिय कोषको लागि पाँच पाँच करोड रुपैयाँ दरले छुट्याउने भनेर अर्बौ जम्मा भएको छ त्यो कोषबाट दूध किसानलाई भुक्तानी गरिपाउँ।

आफूहरुललाई कोषको पाँच करोड नचाहिएको भन्दै तुरुन्तै अर्थमन्त्री र प्रधानमन्त्रीले भुक्तानी दिनको लागि माग गरे। उनले मिटरब्याजी र सहकारी ठगलाई सरकारले नै संरक्षण गरेको आरोप लगाए।

Comments

One response to “दूध किसानलाई सांसद विकासको कोषको रकमबाट भुक्तानी दिन माग (भिडिओ)”

  1. बिश्वदेव शाह Avatar
    बिश्वदेव शाह

    माननीयज्युले किसानको हितको लागि सुझाएको बिकल्प सराहनीय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *