काठमाडौं । नेपाली कांग्रेसको सांसद राजेन्द्रकुमार श्रेष्ठले संसदमा विपक्ष दलले नाटक मञ्चन गरेको भन्ने टिप्पणी गरेपछि प्रतिनिधि सभाको बैठकमा होहल्ला भएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उनले भने, राजेन्द्र कुमार केसी हिजो राजनीतिक दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने बेलामा गणपूरक पुग्छ भने प्रतिपक्षका सांसद बाहिर जानूभयो। प्रतिपक्षको अनौठो नाटक मञ्चन देखियो। एक बर्षमा एउटा मात्रै विधेयक पेस गर्यो भनेर आलोचना गर्नुहुन्छ।
त्यसपछि एमालेसहित विपक्ष दलका सांसदहरुले आपत्ति जनाए। सभामुखले बोल्न रोक्न खोजे। तर, सांसद केसीलाई सभामुखले रोक्न खोजेपछि सत्तापक्षका सांसदहरुले पनि उठेर विरोध जनाए। होहल्लाकाबीच सांसद केसीले बोले।
त्यसपछि एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको कामप्रति प्रश्न उठाएपछि सत्तापक्षको सांसदहरु लगाएर विपक्षमाथि हिलो छ्याप्ने काम भएको टिप्पणी गरे।
उनले भने, बहुमतको सरकार हो। भने आफूले संसद्मा पेस गरेको विधेयक पास गर्न सक्ने क्षमता नभए नैतिक रुपमा राजीनामा दिनुपर्छ।
त्यसपछि रास्वपाको सांसद विराजभक्त श्रेष्ठले संसद सत्ता पक्षको बहुमतले चल्ने बताए। उनले भने, उहाँहरुले विधेयक ल्याएपछि चलाउने पनि उहाँहरुकै दायित्व हो। के गठबन्धनमा प्वाल परेको होरु हामी यहाँ प्रतिपक्षमा बसेर रचनात्मक रुपमा सहयोग गरिरहेका छौं। अनि यो क्यालेण्ड के होरु उहाँहरुको हातमा यो छैन।

Leave a Reply