एमालेको आरोप- मिटरब्याजको नाममा जनता ठग्ने गठबन्धनसँग नजिकका मान्छे हुन् (भिडिओ)

काठमाडौं । नेकपा एमालेले मिटरब्याजको नाममा जनता ठग्ने सत्तारुढ गठबन्धन निकटका व्यक्तिहरुनै भएको आरोप लगाएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सचिव योगेश भट्टराईले काठमाडौं आएको मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारसँग माग गरे।

उनले भने, ‘मिटरब्याज पीडितहरुको माग सम्बोधन नभएपछि काठमाडौं आउनुभएको छ। मधेशमा मात्रै नभइ देशैभरी पनि अधिकांश ठाउँमा जनतालाई ठगेका छन् तीनिहरु अहिलेका गठबन्धनसँग नजिकका मान्छे छन् त्यसकारण उनीहरुमाथि कारवाही हुँदैन। अनि कारवाहीको नाटक देखाइन्छ। लघुवित्तको अवस्था त्यही छ।

अर्कोतिर बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर तिर्नुपर्दैन भनेर मुलुकको वित्तिय क्षेत्रलाई धराशाही बनाउने काम भएकोप्रति सरकारको ध्यानाकर्षण गराए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *