काठमाडौं । बिहीवारबाट जारी सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ । आज माओवादी विशेष रुपान्तरण अभियानमा उत्कृष्ट काम गरेर खटिनेहरुलाई सम्मान र काममा नजानेहरुलाई कारबाही गर्ने कार्यक्रम छ ।
उत्कृष्ट र काम नगर्ने तीन/तीन जनाको नाम सार्वजनिक हुनेछ । साथै पार्टी अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिका बारेमा नेताहरुले उठाएको धारणाको जवाफ दिने कार्यक्रम रहेको पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए । बैठक बिहीवारदेखि बसेको हो ।

Leave a Reply