सङ्गठित पार्टी सदस्यता नविकरण गर्न जसपाको सर्कुलर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यता नविकरणको लागि सर्कुलर गरेको छ ।

पार्टीले बिहीबार सर्कुलर जारी गरी पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुले प्रदेश तथा जिल्लाबाट सदस्यता नविकरण गराउँदा अनिवार्य रुपमा आगामी फागुन २० गतेभित्र नविकरण गराउँन सर्कुलर गरेको हो ।

फागुन २० गतेसम्म नविकरण गराइसकेमा फागुन २५ गतेसम्म नविकरण भएको रेकर्ड तयार गरी सम्बन्धित तहमा पठाउँन सहज हुने भएकोले उक्त समयसीमा निर्धारण गरिएको हो ।

जसपाको सङ्गठित सदस्यता शुल्क बार्षिक सय रुपैँया तिर्नुपर्ने व्यवस्था छ ।

सदस्यता शुल्कबापतको रकम र रसिद केन्द्रीय कार्यालयमा पठाउँन भनिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *