उपकूलपति छनौटप्रति एमाले महासचिवको टिप्पणीः भागवण्डामा नियुक्ति गरेर खुला आवेदनको नाटक मन्चन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा भागवण्डा गरेर पनि बाहिर खुला आवेदन र नाटक मंचन गरेको आरोप लगाएका छन् ।

सरकारले राजनीतिक सम्बन्धका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने अभ्यासको अन्त्य गरेर आवेदनमार्फत छनौटको विधि तय गरेको जनाएपनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव पोखरेलले सत्तारुढ दलहरुमै भागवण्डा गरेर छनौट गरिएको बताएका छन् ।

बिहीबार सामाजिक सन्जामा आफ्नो धारणा लेख्दै पोखरेलले भनेका छन्, ‘उपकुलपति नियुक्तिमा भागवण्डा नै गर्नु थियो भने खुला आवेदन र प्रतिस्पर्धाको नाटक मंचन नगरेकै भए हुन्थ्यो । अनि आफूले विश्वास गरेको नेतृत्व छान्दा विगतका असफल र विवादास्पद मान्छे नछानेको भए हुन्थ्यो। विद्यार्थीको विदेश पलायता रोक्नुपर्ने समयमा विश्वविद्यालयमा नेतृत्व चयनमा सरकारको कदम काशी जानु कुतीको वाटो जस्तो देखियो ।’

Comments

One response to “उपकूलपति छनौटप्रति एमाले महासचिवको टिप्पणीः भागवण्डामा नियुक्ति गरेर खुला आवेदनको नाटक मन्चन”

  1. ksp pyl Avatar
    ksp pyl

    संसारभरका जसले पनि निवेदन दिए । माओवादीका नेता, कार्यकर्ताले निवेदन दिएका सबैसँग तिम्रो नियुक्ति म दिलाईदिन्छु भनेर पैसा खान पाए । अन्त्यमा धेरै माल बुझाउने र प्रचण्डको हनुमानले पाए । नौटंकीको अर्को नौटंकी फेरि मन्चन भयो देशमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *