पोखराको कार्यसम्पादन मूल्यांकन वडाध्यक्षको प्रतिक्रिया- पोखराबासी जस्तै म पनि लज्जित छु

पोखरा । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनअनुसार पोखरा महानगरपालिका अरु महानगपालिकाभन्दा पछाडि छ । सोही विषयमा पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले प्रतिबेदनको नतिजा हेरेर समग्र पोखराबासिजस्तै आफु पनि लज्जित भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत कार्यकारी बैठकको निणर्यभन्दा बाहिर गएर महानगर प्रमुखले गरेका निणर्य र कामकारबाहीका कारण यो नियति भोगिरहेको बताएका हुन् ।

‘…मैले पोखराको शु–शासन र बिकासका लागि कार्यपालिकामा जति बिषय उठाउन पर्ने हो त्यति उठाउन सकिन कि भन्ने पनि लाग्छ । तर, सत्य तपाईं हामीले सोचेभन्दा फरक छ । कार्यकारी बैठकको निणर्यभन्दा बाहिर गएर पोखरा महानगरपालिका प्रमुखले गरेका निणर्य र कामकारबाहिका कारण आज पोखराले यो नियति भोगिरहेको छ’, उनले लेखेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *