काठमाडौं । नेकपा एकीकृत समाजवादीले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाबारे प्रधानमन्त्रीको निष्कर्ष आइसकेपछि मात्रै निर्णय गर्ने भएको छ । आज बसेको सचिवालयको बैठकमा छलफल भएपछि ठोस निष्कर्षमा नपुगेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
उनले भने, ‘प्रकाश ज्वालको विषयमा हामी आफैं अफ्ठ्यारोमा परेका छौं । प्रधानमन्त्रीले प्रतिवदेन अध्ययन गरिसकेपछि निष्कर्षको आधारमा अघि बढ्ने भन्नुभएको छ । उहाँले अध्ययन गरिसक्नुभएको छैन । प्रतिवेदन सार्वजनिक नभएकाले हामीले पढ्न पाएका छैनौं । त्यहाँ कसलाई कुन कारणले दोषी देखाइयो भन्ने अहिलेसम्म जानकारी पाउन सकेका छैनौं ।
उनले त्यसबारे केही आन्तरिक छलफल पार्टीमा भएपनि प्रतिवेदन अध्ययन गर्न नपाएकाले निष्कर्ष निकाल्न नपाएको बताए ।
उनले भने, ‘उहाँ गृहमन्त्री पनि होइन । समस्या ईपीएसको श्रममन्त्री पनि होइन उहाँलाई के कारणले दोषी देखाइएको छ भन्ने कुरा खुल्न सकेको छैन । त्यसैले प्रतिवदेन नपढी निष्कर्ष निकाल्न सकेका छैनौं ।’
बालकुमारी घटना मन्त्री ज्वालाकै कारणले घटेको निष्कर्षसहित छानबिन आयोगले प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ । मन्त्री ज्वाला दोषी देखिँदा पनि कारबाही नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

Leave a Reply