कांग्रेसको पदाधिकारी बैठकमा समापन समारोहमा पेस गर्ने प्रतिवेदनबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक समापन समारोहमा पेस गर्ने प्रतिवेदनबारे छलफल भएको छ।

सभापति शेरबहादुर देउवाले बोलाएको बैठकपछि महामन्त्री थापासहित शीर्ष नेताहरू बसेर प्रतिवेदन तयारीमा जुटेका छन्।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार बैठकमा आएको सुझावलाई सम्बोधन गरेर प्रतिवेदन समापन समारोहमा प्रस्तुत हुनेछ। बैठकमा पाँच वटा प्रतिवेदन पेस भएका थिए।

बैठकले पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्नुको साथै आगामी चुनावी गठबन्धनबारे पनि निर्णय लिँदैछ।

समापन समारोहमा पदाधिकारीसहित शीर्ष नेताहरूले बोल्नेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *