सिके राउतको टिप्पणी- सत्तामा बस्नेहरू अहिले जङ्गबहादुर झैँ ‘सेतो बाघ’बाट तर्सिन्छन् (भिडिओ)

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले संसद् चार शीर्ष नेताहरूको रबर स्ट्याम भएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभामा बोल्दै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका असफल दिशामा गएको बताए।

उनले भने, न्यायपालिकाबाट न्याय पाउने आशा नै राख्न नसक्ने अवस्था छ। संवैधानिक निकाय सरकारको निर्देशन अनुसार चल्छन्। कार्यपालिकाको अवस्था कुनै कुरा डेलिभरी गर्न सकेको छैन। म पनि गठबन्धनमै छु बैठकमा कतै पनि जनसरोकारको विषयमा छलफल हुँदैन। गठबन्धन कसरी टिकाउने ? सरकार कसरी टिकाउने ? विरोधीहरूलाई कसरी समाप्त पार्नेतिर मात्रै ध्यान दिएको देख्छु। जसरी जंगबहादुरले रगतको आहालमा खेलेर आफ्नो राज्यव्यवस्था ल्याएका थिए अन्तिम समयमा आफैँ सेतो बाघबाट त्रसित हुनुपरेको थियो। त्यस्तै नै अहिलेको शासन व्यवस्था ल्याउनेहरु नै सेतो बाघ नै सिर्जित भएको देख्छु।

युवाहरूले विदेश जान खोज्दा गोली चलाएर व्यवस्था र शासन ढाल्न आएको भन्दै सेतो बाघ देख्न थालेको टिप्पणी गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *