डा. चन्द्र भण्डारीको तर्क- देशको अर्थतन्त्रले संविधानलाई धान्न सकेन, यतिधेरै मन्त्री चाहिँदैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले उत्कृष्ट संविधान बनाएपनि देशको अर्थतन्त्रले धान्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै यतिधेरै मन्त्रीहरू प्रदेशदेखि केन्द्रसम्म आवश्यक नभएको बताए ।

उनले भने, ‘हामीले उत्कृष्ट संविधान बनाएको छौं । संविधान राम्रा बनाएपछि हाम्रो अर्थतन्त्रले धान्न सकेन । हामी यतिधेरै सांसद्, प्रदेश र प्रदेशसभा सदस्य, यतिधेरै मन्त्रीहरु प्रदेशदेखि केन्द्रसम्म आवश्यक थियो? के सरकारको काम ठेक्कापट्टा लगाउने मात्रै हो ? आफ्नो स्वार्थमात्रै हो ?

३६ हजार जनप्रतिधि र एक लाख कर्मचारी भएपनि जनताको पक्षमा काम गर्न नसकेको बताए ।

Comments

One response to “डा. चन्द्र भण्डारीको तर्क- देशको अर्थतन्त्रले संविधानलाई धान्न सकेन, यतिधेरै मन्त्री चाहिँदैन (भिडिओ)”

  1. Chhabi Lal Sharma Avatar
    Chhabi Lal Sharma

    देशको अर्थतन्त्रले संविधानलाई धान्न सकेन, यतिधेरै मन्त्री चाहिँदैन भन्ने डा. चन्द्र भण्डारीको तर्क रहेको देखिन्छ । तर मन्त्रीहरूमात्र होइन, सांसदहरूको यत्रो संख्या किन चाहियो । जनसंख्याका अाधारमा सांसदहरूको संख्या तोक्ने सिध्दान्तलाइ मान्ने हो भने पनि अहिलेको संख्या निकै नै धेरै छ । नीतिगत निर्णयका लागि यती धेरै सांसदहरू किन ? कुनै पनि निर्धारित कार्यक्रम योजना अायोग मार्फत हुन्छ र सोको कार्यान्वयन कर्मचारीतन्त्रले नै गर्ने हो । तसर्थ केन्द्रमा सम्पूर्ण सांसदहरूको संख्या बढीमा १०० गरिनु पर्छ जसले छिटो छरितो तथा समसामयिक नीति निर्धारण गर्न सकुन, समानुपातिक प्रतिनिधित्व सिध्दान्तहिन भएकोले पुरै हटाउनु पर्छ, नेपाल जस्तो सानो देशमा प्रादेशिक संरचनाको कुनै प्रयोजन नदेखिएकोले पुरै हटाउनु पर्छ र स्थानिय तहमा पनि नाैवटा वडाको सिध्दान्तलाइ ५ वडामा सिमित गरी नगर वा गाउ सभालाइ बढी क्रियाशिल गरिनु पर्छ । यस प्रकारको वैज्ञानिक अाधारले मात्र देशको अर्थतन्त्रले सार्थकता प्राप्त गरी राष्ट्रको द्रुततर विकास गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *