माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो ।

बैठकमा पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्ने लगायतका विषयमा छलफल हुनेछ ।

साथै समसामयिक राजनीति र गठबन्धनको समीक्षा हुने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *