काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल (समाजवादी)को अध्यक्षमा नरेन्द्र सी चयन भएका छन् । यस अघि संगठनको उपाध्यक्ष रहेका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माका पुत्र सीलाई बुधबार काठमाडौंमा सम्पन्न संगठनको २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रले अध्यक्ष चयन गरेको हो ।
संगठनको उपाध्यक्ष यस अघि महासचिव रहेका ललित सी चयन भएका छन् भने यस अघि सचिव रहेका प्रकाश सी महासचिव चयन भएका छन् । संगठनको बन्द सत्रले सात जनालाई सचिव चयन गरेको छ । जसमा पृतिमा सी, मदन सी, कपिल सी, अटल सी, प्रकाश सी, नतासा सी र अर्का प्रकाश सी रहेका छन् । संगठनको कोषाध्यक्षमा बबरजङ सी सहित ११ सदस्यीय पदाधिकारी चयन भएका संगठनका केन्द्रीय सदस्य रोजी सीले जानकारी दिईन । उनका अनुसार निर्वाचित पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यहरूलाई महासचिव विप्लवले खादा र अविर लगाएर बधाई दिएका थिए ।
फागुन ६ गते गत आइतबार नेकपाका महासचिव विप्लवले राजधानी काठमाडौंको प्रदर्शनी मार्गमा रहेको वाल्मीकी क्याम्पसमा संगठनको २३ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका थिए । फागनु ७ गते सोमबारदेखि बुधबारसम्म किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हलमा बन्दसत्र चलेको थियो । बन्दसत्रले नै संगठनको नाम अखिल (क्रान्तिकारी)बाट अखिल (समाजवादी) राख्ने निर्णय यस अघि नै गरिसकेको छ ।

Leave a Reply