कैलाली । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनमा आज पनि मतदान नहुने भएको छ । निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्न ढिलाइ गरेसँगै मतदान हुने सम्भावना टरेको छ ।
निर्वाचन कमिटीले सार्वजनिक गरेको अन्तिम नामावलीमा अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी र जेडी पाण्डेको उम्मेदवारी परेको हो । अध्यक्षमा उम्मेदवारी दिएका कमलसिंह रानाले नाम फिर्ता लिएका छन् ।
उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी र लोकेन्द्र शाही उपाध्यक्षकाे प्रतिस्पर्धामा रहेका छन् ।
सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीकाे मनाेनयन परेकाे छ । उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालले उम्मेदवारी दिएका छन् ।
त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी, शान्तिदेवी सिंह र गीता चौधरीकाे मनाेनयन परेकाे छ ।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलाली जिल्लाको नवौं अधिवेशन उद्घाटन गरेका थिए ।


Leave a Reply