नक्कली भुटानी प्रकरण: थुनामा रहेका सचिव पाण्डे बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्चमा, कारण देखाउ आदेश जारी

काठमाडौं। नक्कली भुटानी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डे बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

सर्वोच्चले भने कारण देखाउ आदेशमात्र जारी गरेको छ । पाण्डेको तर्फबाट मंगलबार दायर रिटमा बुधबार नहकुल सुवेदीको एकल इजलासमा सुनुवाइ भएको थियो । सुनुवाइपछि सुवेदीको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

भुटानी शरणार्थी प्रकरणमा पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतले पनि सदर गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *