गोदावरीमा बहस- माओवादीलाई बिच्काउनु हुन्न, ओलीले अर्को गठबन्धन गर्ने भनिसके

काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकमा गठबन्धनबारे अहिले बोल्न आवश्यक नभएको नेताहरूले सुझाव दिएका छन् । महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा आगामी चुनावमा गठबन्धन नगर्ने संकल्प गरेर जानुपर्ने प्रस्ताव आएपछि नेताहरूको मिश्रित प्रतिक्रिया आइरहेको छ ।

सुनसरी जिल्ला सभापति केदार भण्डारीले आफ्नो मान्छे परे गठबन्धन ठीक नपरे बेठीक भन्ने परिपाटी अन्त्य गरिनुपर्ने बताए । उनले कोशीमा कांग्रेसले गठबन्धन गरेर गल्ती नभएको जिकिर गरे ।

उनले भने, ‘एमालेलाई कमजोर पार्न सक्नुपर्छ । माओवादीलाई धेरै बिच्काउनु हुन्न । गठबन्धन तलमाथि नबनोस् । गठबन्धन गर्न हुन्नहुन्न भन्ने कुरा अहिले यहाँबाट गर्न हुन्न । धेरै कुरा जिल्लालाई बाइपास गरेको देखिन्छ । सभापतिले जिल्ला समितिमा संस्थागत छलफल गरेर आउनुपर्छ । जिल्लालाई कमजोर बनाएर केन्द्रले निर्णय गर्दा कार्यकर्ताको मन दु:खेको हुन्छ । नामकरणको विषयमा पनि स्पष्ट पारेर जानुपर्छ कोशीमा सहज वातावरण बनाउन लाग्न अनुराध छ ।’

झापाका सभापति देउमान थेवेले गठबन्धनको कुरा छुन नहुने तर्क गरे ।

उनले भने, गठबन्धनको कुरा ८३ तिर गर्दा भइहाल्छ नि ! अहिले हतार किन गर्न त्यति आवश्यक छैन । यसले इलाममा उपनिर्वाचन हुँदैछ, त्यहाँ असर गर्छ । गठबन्धनकै कारण ७ प्रदेशमा सरकारमा छौं । गठबन्धन अस्ति नहुँदा हाम्रो ओठमुख सुकेको थियो । सातै प्रदेश र संघ जाँदा के हुन्छ ? केपी ओलीले अर्को गठबन्धन गर्ने भनिसके ।’

गठबन्धन नगर्ने कुरा पारित हुन सक्ने भए पनि अहिले नै फैसला गर्ने समय नभएको कैलाली सभापति नारायणदत्त भट्टले बताए ।

उनले भने, गठबन्धन तत्कालीन आवश्यक्ता हो, ८४ सम्म देशमा के-के हुन्छ? कम्युनिष्टहरु एक हुन्छौं भनेका छन् । अनि के हुन्छ ? कांग्रेस पार्टी भोलि कसरी सफल हुन्छ ।’

रुपन्देही जिल्ला सभापति गठबन्धन आधारभुत आवश्यकता भएको बताए ।

प्युठान जिल्ला सभापति विष्णु गिरीले गठबन्धन महासमिति बैठकमा प्रवेश पाउनु गलग भएको बताए ।

उनले भने, गठबन्धनको विषय महासमिति बैठकमा घुसाउनु हुँदैन थियो ।’

रसुवाका सभापति पेम्बा छिरिङले पार्टीले केन्द्रले गठबन्धनबारे जबरजस्ती निर्णय लिन नहुने बताए ।

उनले भने, ‘गठबन्धनबारे आवश्यकताका आधारमा निर्णय लिनुपर्छ । जित्ने-हार्न अवस्था जिल्लालाई थाहा हुन्छ, त्यसका आधारमा नै गठबन्धन गरिनुपर्छ ।’

स्याङजाका सभापति राजु थापाले जनताको म्यान्डेट अनुसार गठबन्धन गरिएको उल्लेख गर्दै चार वर्षपछि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय अहिले नै निर्णय गर्नुपर्छ भन्नु उपयुक्त नहुने बताए ।

‘प्रतिपक्षी दल नेकपा एमाले अहिले गठबन्धन तोड्‍ने रणनीतिमा छ। जनतामा संघीयता महँगो भयो भन्‍ने चिन्ता बढ्दो देखिन्छ’, थापाले भने ।

Comments

2 responses to “गोदावरीमा बहस- माओवादीलाई बिच्काउनु हुन्न, ओलीले अर्को गठबन्धन गर्ने भनिसके”

  1. bharat kumar Thapa Avatar

    भारतीय एजेन्डा comfortable government हो कांग्रेस निति र विचार विहीन पार्टी हो जसले नेपाली जनताका समस्याको विषयमा माखो पनि मार्दैन जसले पन्चायत का कार्याकर्ताले पनि केही न केही विषय बोकेको छ ।

    1. ksp pyl Avatar
      ksp pyl

      काँग्रेस र माओवादी पार्टी एकीकरण गर । दुवैको नीति एउटै छ – देश लुटने र देश दिल्लीलाई बेच्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *