तस्बिरमा हेर्नुस् राप्रपाको शक्ति प्रदर्शन, प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राजसंस्था पुनःस्थापनालगायतका ४० बुँदे मागपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाउन जनप्रदर्शसहित अघि बढेको छ । ५२ सालमा माओवादीले गरेजस्तै ४० बुँदे बुझाएर राप्रपाले विभिभ्नन माग राखेर आन्दोलन थालेको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा राप्रपाका नेता अहिले भृकुटीमण्डपबाट र्‍याली निस्केर नगर परिक्रमा गरिरहेका छन् । त्यसपश्चात भृकुटीमण्डपमै फर्केर आमसभामा परिणत हुनेछ ।

आमसभाकै क्रममा प्रमेुख नेताहरू मागपत्र बुझाउन जानेछन् । बुझाएर फर्किएपश्चात अध्यक्ष लिङदेनले आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । राप्रपाले आज सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई सोही मागपत्र प्रस्तुत गरेका छन् ।

राप्रपाको मागपत्रमा राजसंस्था पुनःस्थापन, प्रदेश खारेजी, हिन्दूराज्य पुनःस्थापनलगायतका राजनीति माग तथा जनजिविकाका विषयहरू समेटिएका छन्।

Comments

One response to “तस्बिरमा हेर्नुस् राप्रपाको शक्ति प्रदर्शन, प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाउने”

  1. बिश्वदेव शाह Avatar
    बिश्वदेव शाह

    राप्रपाका मुल अजेण्डा स्थापित नभएसम्म आन्दोलन रोकिदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *