टकर काल्र्सनको आरोपः पूर्व बेलायती प्रधानमन्त्री जोन्सनले अन्तरवार्ता गर्न १० लाख मागे

काठमाडौं । अमेरिकाका चर्चित टेलिभिजन प्रस्तोता तथा हालसालै रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको अन्तरवार्ता लिएका पत्रकार टकर काल्र्सनले बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोन्सनले अन्तरवार्ता गनर्ग दश लाख अमेरिकी डलरको माग गरेको आरोप लाएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार ब्लेज टिभीका संस्थापक ग्लोन बेकसँग मंगलबार प्रशारण भएको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् । बोरिस जोन्सनले पुटिनको अन्तरवार्ता आएपछि टकरलाई रुसको सत्ता क्रेमलिनको औजार भन्दै आरोप लाएपछि टकरले यस्तो आरोप लाएका छन् ।

दश लाख अमेरिकी डलर पैशा सुन वा बिटकोइन जेमा भएपनि दिए मात्रै अन्तरवार्ता दिने जोन्सनका कर्मचारीले प्रस्ताव गरेको टकरले आरोप लाएका छन् । यस्तो प्रस्ताव केहि दिन अगाडि मात्रै आएको पनि उनले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *