कुशलले तोडे अर्धशतकीय साझेदारी, आक्रामक भान लिंगेन ३१ रनमा आउट

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा नेपालविरुद्ध १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले तेस्रो विकेट गुमाएको छ।

कुशल मल्लले आक्रामक ब्याट्सम्यान माइकल भान लिंगेनलाई आउट गरे। भान लिंगेनले ३१ रन जोडे। कुशलले व्यक्तिगत पहिलो ओभरको पहिलो बलमै विकेट लिएका हुन।

नामिबियाले १२।१ ओभरमा ३ विकेट गुमाएर ६९ रन जोडेको छ। भान लिंगेन र कप्तान जेर्हार्ड इरासमसबीच तेस्रो विकेटका लागि ५१ रनको साझेदारी भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *