काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको नामिबियाविरुद्धको खेलमा पहिला ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ। प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख ५८ रनमा आउट भए।
नेपालले २२ ओभरमा ४ विकेट गुमाएर एक सय १० रन जोडेको छ। ४३ रनमा ३ विकेट गुमाएको अवस्थामा आसिफले कुशल मल्लसँग ५७ रनको साझेदारी गरेका थिए।

Leave a Reply