अनिल शाहपछि देव खनालले पनि खाता खोल्न सकेनन्,५ रनको अन्तरमा नेपालले गुमायो ३ विकेट

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको नामिबियाविरुद्धको खेलमा नेपालले ५ रनको अन्तरमा ३ विकेट गुमाएको छ।

पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेको नेपाल ४३-३ को अवस्थामा पुगेको छ। देव खनाल र अनिल शाहले खाता खोल्न सकेनन् भने कुशल भुर्तेलले १८ रन बनाए।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले गतिलो सुरुवात गरेपनि सातौँ ओभरमा बर्नार्ड स्कल्ट्जले २ विकेट लिएर नेपाललाई दबाबमा ल्याएका थिए।

उक्त ओभरको दोस्रो बलमा कुशललाई एलबीडब्लु धरापमा पारेका स्कल्ट्जले चौथो बलमा अनिलाई क्याच आउट गराएका थिए। आठौँ ओभरमा नामिबियाका ज्याक ब्रास्सेलले देव खनाललाई डक आउट गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *