नेपालको राम्रो सुरुवात, सम्हालिएर खेल्दै आसिफ र कुशल

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको नामिबियाविरुद्धको खेलमा नेपालले राम्रो सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ५ ओभरमा विकेट नगुमाई ३२ रन जोडेको छ।

आसिफ शेख १३ र कुशल भुर्तेल १७ रनमा खेल्दैछन्। प्रतियोगिताको यो शृंखलामा टस जितेका टोलीले पहिला बलिङ गरेका छन् भने पहिला ब्याटिङ गर्ने टोली तीनवटै खेलमा पराजित भएका छ्न।

विश्वकप लिग-२ को पहिलो त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृखलाअन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार ब्यहोरेको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।

नेपाल अंक तालिकामा नेट रनरेटका आधारमा शीर्षस्थानमा छ। पहिलो खेलमा नेपाललाई हराएको नामिबिया दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *