सैनामैना खानेपानीको निर्वाचनमा सत्तारुढ गठबन्धन शून्यः अध्यक्षमा रास्वपा विजयी हुँदा १३ सीटमा एमाले विजयी

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा तीन हजारभन्दा बढी मतदाता भएके सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा नयाँ नेतृत्वको लागि सत्तारुढ दल निकटको गठबन्धन शून्य भएको छ भने अध्यक्षबाहेकको पदमा नेकपा एमाले निकटका उम्मेदारहरु विजयी भएका छन् ।

अध्यक्ष पदमा सत्तारुढ दलको गठबन्धन तथा नेकपा एमालेमा उम्मेदारलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।तीन हजार ३३ मतदातामध्ये दुई हजार चार सय मत खसेकोमा रास्वापाका एकबहादुर क्षेत्री ७०५ मत पाएर विजयी भएका हुन् । उनीसँग नेकपा एमालेका नारायण थापाले ६४१ र सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नारायण पाण्डेले ६२६ र स्वतन्त्र उम्मेदवार रेशम खाँडले २८१ मत पाए ।

उनीसँग सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नारायण पाण्डेले ६४१,नेकपा एमालेका नारायण थापाले ६२६ र स्वतन्त्र उम्मेदवार रेशम खांडले २८१ मत पाए । अन्य सबै पदमा नेकपा एमालेका उम्मेदवारहरु विजयी हुंदा कांग्रेस–माओवादी–एकीकृत समाजवादी–राष्ट्रिय जनमोर्चाको गठबन्धन शून्य भएको छ ।

अधिकांश पदमा रास्वपाका उम्मेदवारहरुले सत्ता गठबन्धनलाई पछि पार्दै दोस्रो स्थानमा मत ल्याएका छन् । उपाध्यक्षमा बाबुराम ज्ञवाली,सचिवमा शुशिल भण्डारी,कोषाध्यक्षमा केशरमणि भण्डारी,सहसचिवमा सजिना केसी,महिला सदस्यमा उमादेवी भण्डारी,मिना गिरी,कल्पना खनाल,सदस्यहरुमा दुर्गाबहादुर थापामगर,जयलाल विक,समुन्द्रभित्रकोटी निर्वाचित भएका निर्वाचन समिति सदस्य राजबहादुर क्षेत्रीले जानकारी दिए ।

यस्तै लेखा समिति संयोजकमा तमबहादुर विक तथा सदस्यहरुमा कोपिला शाही र कलाधर अर्याल निर्वाचित भएका छन् ।नेकपा एमाले सैनामैनाका अध्यक्ष नारायण न्यौपानेले १४ सीट मध्ये एमाले एक्लैले १३ सीटमा जितेको र अध्यक्षमा थारै मतले पराजित भएको बताए ।

एमालेलाई सत्तारुढ दल र अन्य दलले गरेको घेराबन्दीका बीचमा १३ सीटमा जित निकालेर राजनीतिक जित भएको तर अध्यक्षमा थोरै मतले पराजित भएको विषयलाई गम्भीरताका साथ लिएको उनले बताए ।

रास्वपा सैनामैनाका सभापति राजबहादुर क्षेत्रीले उपभोक्ताहरु जागरुक भएको र खानेपानीको यो चुनावले आफूलाई ठूला ठान्ने दलहरुको भ्रम अन्त्य गरिदिएको बताए । अध्यक्षमा निर्वाचित एकबहादुर क्षेत्रीले आफूहरुले खानेपानी धारा जडान शुल्क घटाउने, एकैपटक तिर्न नसक्नेलाई किस्तामा तिर्न पाउने व्यवस्था गर्ने, विपन्नलाई महशुल छुट गर्ने, संस्थामा आर्थिक सुशासन र पारदर्शिता कायम गर्ने बताए ।

नेपाली कांग्रेस नेताहरुले भने माओवादी र साना दलसंग गठबन्धन गरेर चुनावमा जाने कुरालाई स्थानीय स्तरमा पनि मतदाताले नरुचाएको र यसले कांग्रेसको भविष्यसमेत संकटमा पार्ने टिप्पणी गरेका छन् । यसअघि तिलोत्तमाको खानेपानीमा एमाले, कांग्रेस र माओवादीसहितको गठबन्धन हुँदा समेत रास्वपाका केही उम्मेदवार विजयी भएको र सैनामैनामा भएको जितले यहाँका नेताहरु हौसिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *