टुँडिखेलमा प्रजातन्त्र दिवसको विशेष समारोह (११ तस्बिर)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । यसैक्रममा प्रजातन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, मन्त्री, संवैधानिक निकाय तथा कूटनीतिक निकायका प्रमु सहभागी छन् ।

समारोहलाई उल्लासमय बनाउन नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० अंकित व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको छ । त्यस्तै मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपासका साथै राष्ट्रिय गीतका धून र व्याण्ड प्रस्तुत गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *