कैलाली । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य खडक बम पुनः एमालेमा फर्किएका छन् ।
आज सुखडमा आयोजित एमाले कैलाली जिल्लाको नवौं अधिवेशनमा अध्यक्ष केपी शर्माै ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
एमालेबाट फुटेर अलग बसेर कम्युनिष्ट आन्दोलन सफल नहुने भन्दै आफू एमालेमा फर्किएको बमले बताए ।
बम गौरीगंगा क्षेत्रमा प्रभाव राख्ने नेता हुन । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य बमसहित जिल्लाका केही पदाधिकारी र सदस्यहरु पनि एमाले प्रवेश गरेका थिए ।

Leave a Reply