पूर्वसचिव शर्माविरुद्ध ५ महिनाभित्र भ्रष्टाचारका दुई मुद्दा दर्ता, अख्तियारद्वारा ३० करोड विगो दाबी

काठमाडौं । पूर्वसचिव डा.सञ्जय शर्माविरुद्ध चार महिनाकै अवधिमा करोडौं भ्रष्ट्राचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा मुद्दा दायर गरेको छ ।

शर्माले तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव एवं राष्ट्रिय सूचना प्रविधि केन्द्रको अध्यक्ष रहँदा नेशनल पेमेन्ट गेटवे प्रकरणमा भ्रष्ट्राचार गरेको र अहिले मेचम्ची खानेपानी विकास समिति प्रकरणमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगले शर्माले विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव एवं राष्ट्रिय सूचना प्रविधि केन्द्रको अध्यक्ष रहँदा गत असोज १५ गते नेशनल पेमेन्ट गेटवे प्रकरणमा भ्रष्टाचार गरेको भन्दै २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

त्यसको चार महिनापछि आइतबार पुनः खानेपानी मन्त्रालयको सचिव एवं मेलम्ची खानेपानी विकास समितिको अध्यक्ष रहँदा मेलम्ची खानेपानी आयोजनामा ६ करोड ९७ लाख ९३ हजार १७८ भ्रष्टाचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको हो ।

६ वर्षअघि खरिद गरेको नेशनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा नल्याएको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गराएर राज्यलाई २५ करोड नोक्सानी पुर्‍याएको आरोपसहित अख्तियारले पूर्वसचिव शर्मासहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

अहिले भने पूर्वसचिव शर्मासहित १५ जना र परामर्शदाता तथा निर्माण कम्पनीलाई प्रतिवादी बनाएर ७ अर्बभन्दा बढी बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर भएको हो ।

Comments

One response to “पूर्वसचिव शर्माविरुद्ध ५ महिनाभित्र भ्रष्टाचारका दुई मुद्दा दर्ता, अख्तियारद्वारा ३० करोड विगो दाबी”

  1. ksp pyl Avatar
    ksp pyl

    कर्मको फल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *