मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, एमाले र जनमत विपक्षमा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत पाएका छन् । जनमत पार्टी सरकारबाट बाहिरिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन् ।

आइतबार प्रदेशसभा बैठकमा १०७ मध्ये १०४ सांसद उपस्थित थिए । मुख्यमन्त्री यादवलाई ६९ सांसदले विश्वासको मत दिएका छन् । उनको विपक्षमा ३५ मत परेको छ । जनमत पार्टी र नेकपा (एमाले)ले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरे ।

मुख्यमन्त्री यादवले एकवर्षमै ३५ सांसदको समर्थन गुमाए । जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री छन् । जसपाससित सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र साना दलले उनलाई विश्वासको मत दिएका छन् ।

मुख्यमन्त्री यादवको कामबाट सत्ताधारी दलकै सांसद असन्तुष्ट छन् ‌। यद्पी केन्द्रीय नेतृत्वको दबाबमा मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *