अर्थतन्त्रमा सुधार नआए बैंकहरुले अर्को वर्ष लाभांश दिन सक्दैनन्ः सिईओ ढुंगाना

काठमाडौँ। नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरुले लाभांश दिन नसक्ने बताएका छन्।

सिईओ ढुंगानाले महिला आर्थिक पत्रकार संघ(फेजा)ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै यस्तो बताएका हुन।

सिईओ ढुंगानाले विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा परेको उनको भनाई छ।
अहिले बजारमा खरिदबिक्रीदेखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उनले बताए। जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको उनको भनाई छ। जसले गर्दा अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरुले थप समस्या झेल्नुपर्ने बताए।

अहिले मुलुकमा पुजीँगत खर्च बढाउने भन्दा पनि बजेट घटाउने परिपाटी सहि नभएको बताए। यसले अर्थतन्त्र सकारात्मक गतिमा नजाने उनको भनाई छ। साधारण खर्चकै लागि ऋण उठाउनु पर्ने स्थितिले अर्थतन्त्र सहज नभएको जनाउने उनको भनाई छ।

कार्यक्रम महिला आर्थिक पत्रकारिता संघकी अध्यक्ष शर्मिला ठकुरीले महिलाको क्षमता विकासमा सहयोग गर्न कार्यक्रम गर्न लागिएको बताइन्। कार्यक्रम प्रमुख अतिथि डा. निलम ढुङ्गानाले कार्यक्रम उद्घाटन गरिन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *