संसदमा एमालेले भन्यो : सिपाहीलाई डण्डा-मन्त्रीलाई झण्डा स्वीकार्य छैन, प्रकाश ज्वालालाई बर्खास्त गर (भिडिओ)

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले ललितपुरको बालकुमारीमा गत पुस १३ गते भएको हत्याकाण्डमा सरकारका मन्त्री नै दोषी रहेको कुरा छानविन आयोगले भनिसकेको अवस्थामा दोषीलाई मन्त्री पदमा राख्न नमिल्ने भन्दै बर्खास्त गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधामन्त्रीसँग सवाल जवाफ कार्यक्रम रहेकोमा एमाले सांसदहरूले उठेर बैठकको कारबाही रोकेपछि सभामुखले एमालेका सचेतक महेश बर्तौलालाई समय दिएका थिए ।

बर्तौलाले सरकारले गठन गरेको आयोगले नै दोषी भनेका मन्त्रीलाई जोगाएर सिपाहीलाई कारबाही गर्ने कुरा एमालेलाई स्वीकार्य नरहेको भन्दै तत्काल मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरे ।
उनले घटनामा गृहमन्त्री पनि दोषी रहेको भन्दै सिपाहीलाई डण्डा र मन्त्रीलाई झण्डा स्वीकार्य नहुने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *