काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानमा एमाले र माओवादी केन्द्रका नेताहरूको पनि समर्थन रहेको दाबी गरेका छन्।
सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान घोषणा सभालाई सम्बोधन गर्दै देश निर्माणको अभियान भएकाले महाअभियान भनेको बताए।
उनले भने- पछिल्लो समय हाम्रो भूमिकामाथि पनि प्रश्न उठेको छ। जनतामा निराशा छाएको छ। तर, यो अभियानमा जोडिँदै गर्दा पुराना दलका शीर्ष तहका केन्द्रीय भूमिकामा रहेका एमाले र माओवादीका सांसद र नेताहरूसँग पनि कुरा भएको छ। सबैलाई आत्मसाथ भएको छ अब देशमा बढ्दो धर्मान्तरणलाई रोक्न सकिएन भने मुलुक ठूलो संकटमा पर्ने भयो हुन त हामी कम्युनिष्ट हौँ सिधै हामीले धर्मको कुरा गर्न आदर्शले मिल्दैन तर देशको लागि यो आवश्यक छ कांग्रेसले त्यसको नेतृत्व गरोस् त्यसमा हाम्रो भावनात्मक समर्थन छ भन्नुभएको छ।
उनले कांग्रेसको आजको सिद्धान्त मूल्य र मान्यता व्यक्तिगत स्वार्थसँग मिल्दोजुल्दो चरित्र नभएको बताए।

Leave a Reply