फोहोर टिप्ने बहानामा गहना र पैसा चोरी, एक महिलासहित ५ भारतीय पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा फोहोर टिप्ने बहाना बनाई दिउँसोको समयमा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका एक महिला र ४ पुरुष सबै भारतीय हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरीका गरगहनासहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत समस्तीपुर मोहदीनगरका २६ वर्षीय लक्का भन्ने विकास पोदार, बेगुसरा बरौनीका २८ वर्षीय जितेन्द्र पोदार, बिहारका २७ वर्षीय भाइलाल पोदार, समस्तीपुर विद्यापतीका सञ्जय पोदार र समस्तीपुरका ५० वर्षीया मञ्जुदेवी पोदार छन् ।

प्रहरीका अनुसार माघ २८ गते गोकर्णेश्वर-४ माकलवारीस्थित दिलमाया आले मगरको घरबाट दिउँसो ढोका फुटाएर सुनका गरगहनासँगै ६५ लाख बराबरको धनमाल चोरी गरेकोमा विकास पोदारसमेतको संलग्नता देखिएको पछि विकासलाई जडिबुटीबाट पक्राउ गरी अनुसन्धान गर्दै जाँदा बूढानीलकण्ठस्थित दिनेश घिमिरेको घरबाट २५ लाख बराबरको सुन तथा नगद र गोकर्णेश्वर-३ गीता राईको घरबाट ४१ लाख रूपैयाँ बराबरको धनमाल चोरी गरेको पाइएको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *