काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई पाचौं सफलता मिलेको छ । खेलको २५औं ओभरको पहिलो बलमा सोमपाल कामीले जेन ग्रिनलाई आउट गराउदै पाँचौ सफलता दिलाएका हुन् । जेन २ रनमा पभेलियन फर्किए ।
यससँग सोमपालले व्यक्तिगत तेस्रो विकेट लिएका छन् । यसअघि २१औं ओभरको तेस्रो बलमा सोमपालले गुहार्ग इरास्मसलाई पवन सर्राफको हातबाट क्याच गराएका थिए । सोही ओभरको अन्तिम बलमा जान फ्रेलिन्क सोमपालको बलमा कुशल भुर्तेलको हातबाट क्याचआउट भएका थिए ।

Leave a Reply