कांग्रेस महासमिति बैठक स्थलमा गोदावरीमा सेल्फी पोइन्ट, निःशुल्क बसको सुविधा

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक स्थलमा सेल्फी पोइन्ट राख्ने भएको छ ।

महाधिवेशनमा सहभागीहरूले संस्मरणका लागि फोटो खिच्न लिन सेल्फी पोइन्ट राख्ने तयारी भएको प्रचार विभाग मीनबहादुर विश्वकर्माले बताए ।

कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुँदै छ। अहिले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

बैठकको एजेण्डा तय गर्नको लागि आज केन्द्रीय समितिको बैठक बस्दैछ। बैठकमा सहभागीहरूलाई खाना, खाजाको साथै अधिवेशन स्थलसम्म पुग्नको लागि निःशुल्क बसको समेत व्यवस्था गरेको उनले बताए ।

विश्वकर्माका अनुसार नीति अधिवेशनको रूपमा सम्पन्न हुने बैठकमा आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक बिषय समेटिएका ५६ पेजको नीति प्रस्ताव पेश हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *