काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै गन्तव्य नभएको टिप्पणी गरेका छन् ।
अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गठबन्धनको कारणले विस्तृष्णाको कारणले केही ठाउँमा चुनाव जितेको बताए ।
उनले भने, ‘उनीहरूको कुनै गन्तव्य छैन । पोलिटिकल कलर छैन । यिनीहरूको आकार कस्तो हुन्छ ? कस्तो फुल्छ ? कस्तो फल्छ ? अमिलो, गुलियो टर्रो कस्तो फल्छ पनि थाहा छैन । के फल्छ कस्तो रंग टुंगो छैन । कहाँ जाने ? समाजवाद कि पूFजीवादमा ? त्यो पनि टुंगो छैन । भोलि उठी कहाँ जाने थाहा छैन ।’
उनले नयाँ नयाँ भन्नेहरू पनि पुरानो भइसकेको टिप्पणी गरे।
उनले अगाडि भने, ‘मैले नयाँका नेतालाई अस्ति नै भने ए बाबु तिमीहरूले पोहोरै खोल्या पार्टी पुरानो भइसक्यो । एक पटक सांसद भइसकेपछि पुरानो भइसक्यौँ । तिमीहरूको पार्टीमा विवाद हुने बेलै भएको छैन । मान्छे नभएको बेलामा जसले हात उठायो त्यही उम्मेदवार भयो । अर्को पटक भइसकेकाले छोड्न मान्दैन भइरहेकाले छाड्न मान्दैन नयाँले नयाँ छ ।’
उनले एक पटक सांसद भइसकेपछि संन्यास लिने कोही नभएकाले अर्को पटक अनुभवी भन्न थाल्ने टिप्पणी गरे ।

Leave a Reply