काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलमा नेपालले आज कुवेतसँग खेल्दैछ ।
उक्त खेल मलेसियाको बाँगीमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
नेपाल समूह डीको विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको हो समूह चरणको पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान ८ विकेटले पराजित गरेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २१४ रनले हराएको थियो ।

Leave a Reply