काठमाडौं । काठमाडौं महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डले नगर प्रहरी निरीक्षक राधाकृष्ण थापालाई स्पष्टीकरण सोधेका छन् ।
महानगरको कार्यसम्पादनका क्रममा टोली कमाण्डर रहेका थापालाई शनिबार सटरभित्र रहेका सामानहरु समातेर नियन्त्रणमा लिएको दृश्यहरु सामाजिक सञ्जालमा प्रसारण भइरहेको बारे स्पष्टीकरण सोधेका हुन् ।
उक्त कार्यमा थापाको जिम्मेवारीको लापरबाही भएको देखिएको उल्लेख गर्दै प्रमुख पाण्डेले पछिसम्म फरक नपर्ने २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छन् । अन्यथा नगर प्रहरी ऐन २०८० अनुसार कारबाही हुने पाण्डेले उल्लेख गरेका छन् ।


Leave a Reply